११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिङ्गाड गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा



अ+ अ-

सुर्खेत। चिङ्गाड गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सबै वडाका पाँच वर्षमुनिका बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता भएपछि सो पालिकालाई सुर्खेतको पहिला नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो ।

पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालाई नै पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । यससँगै चिङ्गाड गाउँपालिका जिल्लाकै पहिलो यस्तो पालिका बनेको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत घनबहादुर बुढाका अनुसार जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा घोषणा गरिएको हो । वडास्तरमा खोप सुनिश्चितताको घोषणापछि पालिकाले सम्पूर्ण मापदण्ड पूरा गरेपछि पूर्णखोप सुनिश्चित पालिकाको रूपमा मान्यता पाएको हो । उहाँले पहिले वडास्तरमा खोप घोषणा भएको र त्यसपछि पालिकास्तरमा पूर्ण सुनिश्चितता घोषणा गरिएको स्पष्ट पार्नुभयो ।

स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र समुदायको निरन्तर प्रयास र सहकार्यबाट पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको उहाले जाकारी दिनुभयो । पूर्णखोप सुनिश्चितता भनेको सबै बालबालिकाले समयमा सबै खोप लगाउनु र त्यो उपलब्धि दिगो रूपमा कायम गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।

कार्यक्रमका खोप समन्वय समितिका कार्यवहाक अध्यक्ष सचिन बडुवालले बालबालिकाको जीवनरक्षा र स्वस्थ भविष्यका लागि खोप कार्यक्रमको सफल कार्यान्वयन निकै सराहनीय रहेको बताउनुभयो ।

चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोदविक्रम जिसीले स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक र सम्पूर्ण समुदायबीचको सहकार्यकै कारण यस्तो महत्त्वपूर्ण उपलब्धि सम्भव भएको बताउनुभयो । जनस्वास्थ्य सेवा कार्यालयतका प्रमुख करुणा भट्टराईले सबै बालबालिकाले समयमा खोप लगाउनुमात्र पर्याप्त नभई त्यो अभ्यासलाई दिगो रूपमा कायम राख्नु अत्यावश्यक छ भन्नुभयो । रासस