६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोश्रो मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडलको ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न



अ+ अ-

काठमाडौँ। स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा नितु श्रेष्ठको अध्यक्षतामा “दोश्रो मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल” को ग्राण्ड फिनाले शुक्रबार म्युजिक सिटी, बालकुमारीमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा अनसरी घर्ती मगरले उपस्थिति जनाएकी थिइन् भने प्रतियोगिताको प्रमुख निर्णायकको भूमिकामा किरण केशी रहेका थिए।

प्रतियोगितामा मिस्टर जुनियर उपाधि प्रभाव राईले जित्दा, मिस जुनियर को उपाधि कृषा हुमागाईले हात पारिन्। त्यस्तै, मिस सीनियरको ताज स्वीकृति पुनको शिरमा सजिएको छ।

स्पर्धामा सहभागी प्रतियोगीहरूले विभिन्न कला, प्रस्तुति र व्यक्तित्वका आधारमा मुल्याङ्कन गरिएका थिए। आयोजक संस्था स्पार्कल इन्टरटेन्मेन्टले कार्यक्रमको सफल आयोजना गर्दै नयाँ प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखेको जनाइएको छ।

यस प्रतियोगिताले नयाँ पुस्ताका बालबालिका तथा युवतीहरूमा आत्मविश्वास, प्रस्तुति कला र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।