११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभाको बैठक पुनः सुरु



अ+ अ-

कर्णाली। प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक पुनः सुरु भएको छ ।

सभामुख नन्दा गुरुङको अध्यक्षतामा प्रतिपक्षी दल माओवादी केन्द्रसहित समाजवादी र सत्ता साझेदार दल नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले सभाबाटै प्रतिपक्षीले उठाएका विषयहरु सम्बोधन गर्ने सहमति जुटेपछि बैठक पुनः सुचारु भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

चौधौँ बैठक सुरु भएपश्चात् मुख्यमन्त्री कँडेलले प्रतिपक्षी दलले उठाएको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण भएको स्वीकार गर्दै त्यसको सम्बोधन गर्ने बताउनुभयो । उहाँका अनुसार सबै योजना वर्गीकृत गर्न नसकिएको तर सूचीकृत गर्ने व्यवस्था मिलाइएको छ । यो काममा योजना आयोगको भूमिका नभएको बताउँदै उहाँले प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि बसेको तेह्रौँ बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्रले योजना बैंकमा योजना प्रविष्ट गर्ने विधि गलत भएको र त्यो नसच्याएसम्म सदनका कामकारबाही अगाडि बढ्न नदिने भन्दै बैठक अवरोध गरेको थियो । रासस