३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभाको बैठक पुनः सुरु



अ+ अ-

कर्णाली। प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक पुनः सुरु भएको छ ।

सभामुख नन्दा गुरुङको अध्यक्षतामा प्रतिपक्षी दल माओवादी केन्द्रसहित समाजवादी र सत्ता साझेदार दल नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले सभाबाटै प्रतिपक्षीले उठाएका विषयहरु सम्बोधन गर्ने सहमति जुटेपछि बैठक पुनः सुचारु भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

चौधौँ बैठक सुरु भएपश्चात् मुख्यमन्त्री कँडेलले प्रतिपक्षी दलले उठाएको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण भएको स्वीकार गर्दै त्यसको सम्बोधन गर्ने बताउनुभयो । उहाँका अनुसार सबै योजना वर्गीकृत गर्न नसकिएको तर सूचीकृत गर्ने व्यवस्था मिलाइएको छ । यो काममा योजना आयोगको भूमिका नभएको बताउँदै उहाँले प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि बसेको तेह्रौँ बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्रले योजना बैंकमा योजना प्रविष्ट गर्ने विधि गलत भएको र त्यो नसच्याएसम्म सदनका कामकारबाही अगाडि बढ्न नदिने भन्दै बैठक अवरोध गरेको थियो । रासस