५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव



अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने बताउनु भएको छ ।

आज खानेपानी मन्त्रालय सिंहदरवारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानीका आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “एडिबीको ऋण सहयोगमा सञ्चालन हुने कुल १२ वटा आयोजनामध्ये, पहिलो चरणमा कम्तिमा छ वटा आयोजनाहरूको तत्काल सुरुवात गर्ने गरी काम अघि बढाउने छौँ । यसका लागि सम्बद्ध सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।”

खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिका लगायत सबै सरोकारवालाहरुकोे साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।

आजको उक्त छलफलले सकारात्मक परिणाम स्वरूप, आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिकामा सञ्चालन गरिने खानेपानी आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

आजको उक्त छलफल कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, ई रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।