१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीभी परेर अमेरिका पुगेका युवक पनि डिपोर्ट



अ+ अ-

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएर ३७ जना काठमाडौं आएका छन् ।

तीमध्ये एक जना डाइभर्सिटी भिसा (डिभी)मा त्यहाँ गएको व्यक्ति रहेको खुलेको छ ।

अध्यागमन विभाग स्रोतका अनुसार १० वर्षअघि डिभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए ।

एक जना आफन्तसँग बसिरहेका उनी त्यहाँ पारिवारिक विवादमा परेपछि उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो ।

अनुसन्धान र कानुनी प्रक्रियापछि उनलाई अमेरिकी प्रशासनले डिपोर्ट गर्ने निर्णय गरेको थियो ।

अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ जना काठमाडौं आएका थिए । तीमध्ये ५ जना महिला छन् ।