४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनःस्थापना गर्न सांसद शाहको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराकोे बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनस्र्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिनुभयो । उहाँले पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित छिटोभन्दा छिटो पुनःस्थापनाको माग गर्नुभयो । सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा यति ठूलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने र तत्काल क्षतिपूर्तिससिहत पुनःस्थापना गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यही जेठ २३ गते बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा भिषण आगलागी हुँदा १३ पसल र २ वटा होटल सम्पूर्ण रुपमा नष्ट भएका छन् । ३४ वटा पसल र होटलमा क्षति भएको छ । आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण छ । यो दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दछु, पीडितहरुप्रति सहानुभुति प्रकट गर्दछु । पीडित व्यापारीहरुलाई राहत र क्षतिपूर्ति दिएर तुरुन्त पुनःस्थापना गर्न सरकारसँग जोडदार माग गर्दछु । अब्राहम लिंकनको एउटा भनाई छ– हजार जना मूर्ख भएपनि देशलाई खासै असर पर्दैन तर एक नेता मूर्ख भए देश डुब्छ र जनताले दुःख पाउँछन् । अर्बौं लगाएर भ्यू टावर बनाउने सरकारले बाजुरालाई एउटा दमकल दिन सकेन । दमकल भएको भए सम्भवतः यति ठूलो क्षति हुने थिएन । तसर्थ क्षतिको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ भनी जोडदार माग गर्दछु ।’

उहाँले अब्राहम लिंकनको भनाईलाई उद्धृत गर्दै हजार जना मूर्ख भएपनि देशलाई खासै असर नपर्ने तर एक नेता मूर्ख भए देश डुब्ने र जनताले दुःख पाउने बताउनु भयो ।