४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण



अ+ अ-

नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोनाले भविष्यमा निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखी पूर्वतयारी योजना र रणनीति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमवार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तिब्र गतिमा बढीरहेको यथार्थलाई मध्यनजर गरी सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउन माग गर्नुभएको हो ।

उहाँले विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखी रोकथामका पूर्वतयारी कार्यान्वयन ल्याउन सरकार र स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभयो । उहाँले छिमेकी मुलुक भारतमा विगत नौ दिनमा तीन हजार चार सय २३ जना कोरोना संक्रमित थपिएको र ५८ जनाको मृत्यु भइसकेकाले नेपालमा पूर्वतयारीमा ढिलाइ गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारतमा कोरोना भाइरसको संक्रमितको संख्या दिनदिनानु तिब्र गतिमा बढीरहेको छ । विगतका ९ दिनमा तीन हजार चार सय २३ जना संक्रमित थपिएका र ५८ जनाको मृत्यु भइसकेको छ । नेपालबाट हजारौंको संख्यामा नेपाली कामदार भारत जाने र भारतबाट पनि रोजगारीका लागि नेपाल आउने गरेको यथार्थलाई मध्यनजर राखी नेपाल सरकारले सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउने । सीमा आवागमन सहज र सुरक्षित बनाउने । परीक्षण केन्द्र, क्वारेन्टाइन व्यवस्था र स्वास्थ्य सचेतना अभियानलाई विस्तार गर्ने । भारतबाट नेपाल फर्कने नेपाली नागरिकलाई निःशुल्क परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने । विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका लागि पूर्वतयारी योजना र रणनीति तुरुन्त कार्यान्वयनमा ल्याउन सरकार र सम्बन्धित मन्त्रालयलाई आग्रह गर्दछु ।’

उहाँले नेपालबाट रोजगारीका लागि भारत जाने र भारतबाट रोजगारीका लागि नेपाल आउने नागरिकको सीमा आवागमन सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।