११ असार २०८२, बुधबार
,
Latest
३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित नेतान्याहूको दाबीः इजरायलले युद्ध जित्यो, हाम्रो गर्जनले तेहरान काँप्यो पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण एमाले सचिवालय बैठक सर्‍यो आमिर खानले राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी दलहरूको बैठक बस्दै



fille
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

अध्यक्ष दाहालले रास्वपा, एकीकृत समाजवादीलगायत संविधान र गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका छन् । यद्यपि, राप्रपालाई भने प्रतिपक्षी दलहरूको बैठकमा बोलाइएको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीहरूले केही दिनदेखि सदन अवरोध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको पनि माग गरिरहेका छन् ।

दलहरूबीच अहिलेसम्म सहमतिको गाँठो नफुकेकाले आजको संसद् बैठक सञ्चालन हुने वा नहुने यकिन भइसकेको छैन ।