५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को गतिरोध अन्त्य गर्न रास्वपाको दुई बुँदे प्रस्ताव, होला त सहमति ?



अ+ अ-

काठमाडौं । लगतार भइरहेको संसद्को गतिविधि अन्त्यका लागि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले दुई बुँदे प्रस्ताव अघि सारेको छ । रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिनको विकल्प नभएको भन्दै दुई बुँदे प्रस्ताव अघि सारेको हो ।

संसद्को गतिविधि अन्त्य गर्न विभिन्न विकल्पमाथि छलफल भइरहेका बेला रास्वपाले आफ्नो तर्फबाट प्रस्ताव अघि सारेको हो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । त्यसअघि नै रास्वपाले आफ्नो प्रस्ताव विपक्षी दलहरुको बैठकमा राख्ने छ । विपक्षी दलहरुको बैठक साढे ११ बजेका लागि बोलाइएको छ ।

विपक्षी दलहरुको बैठकलगत्तै साढे १२ बजे रास्वपाका नेताहरुले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्ने छन् ।

आफूले अघि सारेको प्रस्तावमा सहमति जुट संसद्को गतिरोध अन्त्य हुन नभए जारी रहने रास्वपाका एक नेताले बताए ।

यसअघि नेकपा माओवादीका उपमहासचिव शक्ति बस्नेतले अघि सारेको प्रस्तावलाई भने रास्वपाले अस्वीकार गरिदिएको थियो ।

बस्नेतले मध्यमार्गी उपाय खोज्न भन्दै दुई बुँदे ड्राफ्ट तयार पारेका थिए । जसको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने भन्ने उल्लेख छ ।

दोस्रो बुँदामा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित नीतिगत विषयमा अध्ययन गर्न संरचना र व्यवस्था गर्न सरकारले ठोस पहल गर्ने उल्लेख छ ।

यसरी तयार पारिएको ड्राफ्टबारे माओवादीले रास्वपा र काँग्रेसले एमालेलाई ब्रिफिङ गरेको छ । तर रास्वपाले भने त्यसमा सहमति नजनाएको हो ।




भर्खरै