११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनलाई पेनाल्टीमा हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि



अ+ अ-

काठमाडौं । युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ ।

गएराति भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको हो ।

निर्धारित समय र अतिरिक्त समयसम्म पनि खेल २-२ को बराबरी भएपछि विजेताको छिनोफानो टाइब्रेकरबाट लाग्यो ।

जर्मनीको म्युनिखस्थित एलियान्ज एरेनामा भएको फाइनलमा खेलको २१ औं मिनेटमा मार्टिन जुबिमेन्डिले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । २६ औं मिनेटमा नुनो मेन्डीसले गोल गर्दै पोर्चुगललाई १-१ को बराबरीमा ल्याए ।

४५ औं मिनेटमा स्पेनले पुनः अग्रता लियो । मिकेल ओयार्जबालले गोल गर्दै स्पेनलाई २-१ ले अघि बढाए । यता, ६१ औं मिनेटमा क्रीस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-२ को बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र खेल पेनाल्टीमा गयो ।

पेनाल्टीमा स्पेनका अल्भारो मोराटाले गोल गर्न चुके र पोर्चुगल च्याम्पियन बन्यो । सात बर्षअघिबाट सुरु भएको प्रतियोगितामा पोर्चुगल दोस्रोपटक च्याम्पियन बनेको हो ।