११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ वर्षअघि युवतीको हत्या अभियोगमा फरार रहेका एसराज लामा विराटनगरबाट पक्राउ



अ+ अ-

विराटनगर। छ वर्षअघि युवतीको क्रूरतापूर्वक हत्या गरेको आरोपमा फरार रहेका एसराज लामा पक्राउ परेका छन्। मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय लामा शनिबार आफ्नै घरबाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ की २१ वर्षीया ईशा योगी शेर्पाको २०७६ साल वैशाख ८ गते हत्या भएको थियो। उनी विराटनगर–१६ मा डेरा गरी पसलमा काम गर्दै आएकी थिइन्। ईशाको प्रेमसम्बन्ध रेम्बो उपनामले चिनिने रुद्रराज लामासँग थियो, जो एसराज लामाका छोरा हुन्।

अनुसन्धानबाट खुलेअनुसार प्रेमिकालाई आफ्नै घरमा बोलाएर रुद्रराजले बुवा–आमाको मिलेमतोमा पेट्रोल छर्की आगो लगाएका थिए। कीर्तिपुर अस्पतालमा उपचारको क्रममा गम्भीर घाइते ईशाको मृत्यु भएको थियो।

हत्या अभियोगमा रुद्रराज, उनका बुवा एसराज र आमा फरार थिए। प्रहरीद्वारा २०७६ जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरिए पनि उनीहरू पक्राउ परेका थिएनन्। अहिले एसराज मात्र पक्राउ परेका छन् भने रुद्रराज विदेश पुगेको सूचना प्राप्त भएको छ। उनीलाई इन्टरपोलमार्फत नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। र, आमाको स्थान भने अझै पत्ता लागेको छैन।

पक्राउ परेका एसराजमाथि कर्तव्य ज्यान मुद्दामा आइतबार अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।