२५ असार २०८२, बुधबार
,
Latest
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति काठमाडौंको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा रिहा गर्ने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालका कला र सांस्कृतिक सम्पदाको संरक्षणमा ललितकलाको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

उहाँले आज नक्सालस्थित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को भ्रमण गर्दै सातै प्रदेश प्रतिनिधित्व हुने गरी राखिएका कलाकृति प्रदर्शनीमा देख्न पाएकामा खुशी व्यक्त गर्दै नेपाल कलाका हिसाबले निक्कै धनी रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “प्रदर्शनी नेपाल कलामा कति धनी छ भन्ने कुराको एउटा प्रमाण पनि हो । सिङ्गो नेपालको कलाकृति, प्रतिभा र क्षमता यहाँ प्रदर्शन भएको छ भन्ने मलाई अनुभूत भएको छ ।”

उहाँले यस्ता कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने देशले अर्को एउटा महत्त्वपूर्ण फड्को मार्न सक्ने पनि बताउनुभयो । कलाको प्रचार र विकास गर्दा पर्यटनको विकास हुने अध्यक्ष दाहालको भनाइ थियो । “आम्दानी र रोजगारी सिर्जना हुने यस्ता खालका सबै विषयवस्तुलाई ठिक ढङ्गले व्यवस्थापन गर्नुपर्दछ ।

हामीसँग कला छ, संस्कृति छ । यसलाई व्यवस्थित तरिकाले प्रचार–प्रसारलगायत काम गरेमा  धेरै उपलब्धि हासिल गर्न सकिन्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले अघिल्लो वर्ष पनि कलाकृति हेर्न आएको स्मरण गर्दै यसपटक विगतभन्दा तुलनात्मक रूपले विकास भएको पाएको पनि बताउनुभयो । ललितकला नेपालको धरोहर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताका बीचमा यसका महत्व र आवश्यकताबारे बोध गराउने काम गर्नुपर्ने र त्यसका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

केही दिनअघि मात्रै सभामुख देवराज घिमिरेले पनि उक्त प्रदर्शनी अवलोकन गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपाललाई कलामार्फत विश्वमा परिचित गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।

जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातलाई प्रतिनिधित्व गर्ने कलासमेत राखिएका छन् । रासस