२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु होः प्रधानमन्त्री ओली

मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु होः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु रहेको बताउनुभएको छ ।

अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । विगतमा दुनियाँमै कम्युनिष्ट र समाजवादी आन्दोलन धरापमा परेको समयमा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलनको रक्षा गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

उहाँले अबको १३ महिनापछि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिएर सरकारमा सामेल हुने र नेतृत्व सुम्पिएपछि आपूmहरु मिसन ८४ मा लाग्ने स्पष्ट पार्नुभयो । अहिले पनि विपक्षी दलले अनेक जालझेल गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले एकता, फेरि एकता र सुदृढ एकता आपूmहरुको आवश्यकता रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा गर्ने, सदृढ गर्ने र यसलाई गतिशील ढंगले सही बाटोमा अघि बढाउने जिम्मेवारी एमालेको काँधमा रहेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो दुनियाँमा कम्युनिष्ट र समाजवादी आन्दोलन नै धरापमा परेको समयमा जनताको बहुदलीय जनवादले आन्दोलनको रक्षा गरेको हो । त्यतिबेला हामी सरकारमा हुने, सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने, समग्र सामाजिक आन्दोलनको नेतृत्व गर्ने अभिभाष हामीसँग आएको थियो ।  एकता, फेरि पनि एकता र अझै सुदृढ एकता । आज हामीलाई त्यही आवश्यकता छ । एकता बिनाको संगठनले केही पनि गर्नसक्दैन । तपाईको संगठनमा १० लाख मान्छे भएपनि त्यहाँभित्र अनेक विविधता छ भने पनि आधाले एकातिर र आधाले अर्कोतिर तान्यो भनेपनि केही काम गर्दैन । हाम्रो पार्टीले सही नीति लिएको छ । हामीले सही नीतिहरु लिएका छौं । विल्कुलै सही नीति लिएका छौं । सही सिद्धान्तद्वारा निर्देशित छौं । हामी सही रणनीति र कार्यनीतिबाट निर्देशित छौं । हामीले सही गन्तव्य तोकेका छौं, त्यसमा कस्ता कस्ता प्रभाव आउन सक्छन् भन्ने घुम्ति पनि देखेका छौं । हाम्रा सामु कस्ता चुनौति छन् भन्ने पनि हामीलाई थाहा छ । त्यसकारण सही नीति छँदैछन्, आवश्यकता छ नै, नीतिको समस्या हामीसँग छैन । सही र सफल कार्यान्वयनको छ किनकी यो देशमा लोकतन्त्र साँच्चैको लोकतन्त्र हामीले ल्याएका हौं ।’

उहाँले पार्टीप्रतिको निष्ठा जस्तोसुकै कालखण्डमा पनि नछोड्न र सही विचार अंगालेर अगाडि बढ्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।