२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक शुरु, मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बिहिबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटीको बैठक सुरु भएको हो । 

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद बैठक बोलाएका कारण आजको स्थायी कमिटी बैठकमा अहिलेसम्म उपस्थित भएका छैनन् । प्रधानमन्त्री ओली केहीबेरपछि मात्र सहभागी हुने स्रोतको दावी छ। 

बैठकमा  सहभागी केही स्थायी कमिटीका सदस्यहरु दिउँसो १ बजेका लागि राष्ट्रिय सभाको बैठक पनि आव्हान गरिएकाले बैठक छाडेर केहीबेरमा संसद भवन जाने कार्यक्रम रहेको छ । 
नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा नेताहरुले धारणा राख्नेक्रम शुरु भएको छ ।

स्थायी कमिटीको बैठकसंगै मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै बस्दैछ ।