३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक शुरु, मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बिहिबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटीको बैठक सुरु भएको हो । 

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद बैठक बोलाएका कारण आजको स्थायी कमिटी बैठकमा अहिलेसम्म उपस्थित भएका छैनन् । प्रधानमन्त्री ओली केहीबेरपछि मात्र सहभागी हुने स्रोतको दावी छ। 

बैठकमा  सहभागी केही स्थायी कमिटीका सदस्यहरु दिउँसो १ बजेका लागि राष्ट्रिय सभाको बैठक पनि आव्हान गरिएकाले बैठक छाडेर केहीबेरमा संसद भवन जाने कार्यक्रम रहेको छ । 
नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा नेताहरुले धारणा राख्नेक्रम शुरु भएको छ ।

स्थायी कमिटीको बैठकसंगै मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै बस्दैछ ।