काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे– नागढुंगा सडक खण्ड सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ ।
सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द हुने भएको हो ।
नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड)ले सूचना जारी गर्दै जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने जनाएको छ ।
यस अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशूली-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।










