३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन
अ+ अ-

म्याग्दी । मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।

मालिका –३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार स्वास्थ्य एकाइको सुविधायुक्त नयाँ भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलका तीन सय बढी घरपरिवारका लागि स्थापना भएको स्वास्थ्य एकाइ भाडाको घरको साँघुरो कोठामा सञ्चालन हुदै आएको थियो । स्वास्थ्य एकाइ आफ्नै भवनबाट सञ्चालन गरेपछि सेवा प्रवाहमा धेरै सहज भएको छ ।

भुइँतलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल छ । भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु एक करोड ५९ लाख ८३ हजार ७७२ को लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७९र८० र २०८०र८२ मा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले बताउनुभयो । चालु आर्थिक वर्षको बजेटबाट घेराबार र फर्निचर व्यवस्थापन गरेर नयाँ भवन प्रयोगमा ल्याइएको हो ।

भवन परिसरमा चालु आवमा सङ्घीय सरकारको रु एक करोड विशेष अनुदानबाट बर्थिङ सेन्टर ९प्रसूतिगृह० भवन निर्माणाधीन छ । भवनको दोस्रो तला ढलान सकिएको छ । सातवटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् ।

डाडागाउँमा रहेको स्वास्थ्य एकाइमा पुगेर सेवा लिन अपायक पर्ने मालिका –३ मा पर्ने लुम्पीपार र पात्लेका बासिन्दाको लागि पात्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको वडाध्यक्ष बुढाले बताउनुभयो । वडा नं १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ । निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ । रासस