२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

अमेरिकाबाट एकैपटक ४२ जना नेपाली डिपोर्ट, चार्टर्ड बिमानबाट आज ल्याइँदै

अमेरिकाबाट एकैपटक ४२ जना नेपाली डिपोर्ट, चार्टर्ड बिमानबाट आज ल्याइँदै
अ अ+ अ-

काठमाडौं । अमेरिकाले एकै पटक ४२ जा नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरुलाई आज दिउँसो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइने छ । यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो पटक हो ।

नेपालमा आज दिउँसो ४ बजे चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अध्यागमन कार्यालय स्रोतलाई उदृत गर्दै अमेरिकाबाट प्रकाशित हुन अनलाइन खसोखासले जनाएको छ ।

सुरुमा अध्यागमन विभागलाई ४८ जना नेपाली डिपोर्ट हुने प्रारम्भिक जानकारी प्राप्त भए पनि अन्तिम समयमा केही व्यक्तिको यात्रा रोकिएको विभागले जनाएको छ ।

यात्रा के कारणले रोकिएको भन्ने प्रष्ट छैन । साथै कतिजनाको यात्रा रोकिएको भन्ने पनि प्रष्ट छैन । यद्यपी अधयागमन विभाग श्रोतले ३ देखि ६ जनासम्मको यात्रा रोएिको र डिपोर्ट हुने नेपालीहरुको संख्या ४२ देखि ४५ जनासम्म हुने बताएको छ ।

सम्भवत: इतिहासमै पहिलो पटक यति धेरै नेपाली एकैपटक डिपोर्ट भएको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागले डिपोर्ट हुने व्यक्तिहरूमा महिला र पुरुषको संख्या पनि खुलाएको छैन । तर उनीहरुमध्ये ठूलो संख्या दलाललाई १ लाख डलरसम्म तिरेर मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरुको समेत रहेको जनाइएको छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्यूरोको जिम्मा लगाइनेछ । ब्यूरोले हालसम्म अमेरिकाबाट डिपोर्ट भएका कसैलाई पनि लामो समयसम्म सोधपुछका लागि हिरासतमा राखेको छैन । उनीहरुलाई सामान्य सोधपुछपछि घर पठाइने गरिएको छ ।

अमेरिकाको वासिटन डिसीमा रहेको नेपाली दूतावासले आइतबार डिपोर्ट हुने नेपालीहरुको यकिन विवरण आफूहरुलाई प्राप्त नभएको बताएको छ । तर पछिल्लो समयमा आइसको अनुरोधमा उलेख्य संख्यामा नेपालीहरुको ट्राभल डकुमेन्ट बनाइएको दूतावास श्रोतको भनाई छ । अमेरिकाभित्र आइसकेकाहरुका मात्र नभई अमेरिका आउने यात्रामा विभिन्न देशहरुमा रहेकाहरुका लागि पनि ट्राभल डकुमेन्ट बनाइदिने गरेको दूतावासले जनाएको छ ।

अमेरिकाले सन् २०२५ को मे महिनामा मात्रै ५८ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको थियो, जुन अघिल्लो महिना अप्रिलको तुलनामा दोब्बरभन्दा बढी हो । अप्रिलमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या २६ जना रहेकोमा मे महिनामा झन्डै १२३ प्रतिशतले वृद्धि भएको थियो ।

अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकहरूको संख्यामा ट्रम्प प्रशासन आइसकेपछि वृद्धि भएको छ । अमेरिकाले मार्च महिनामा ३० जना नेपालीहरूलाई डिपोर्ट गरेको थियो, जसमा ६ जना महिला र २४ जना पुरुष रहेका थिए। जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरीमा २० जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरी ८ मा एकैदिन ६ जना नेपालीहरू अमेरिकाबाट डिपोर्ट भएर नेपाल पुगेका थिए ।

सन् २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । सन् २०२४ को १२ महिनाको तुलनामा सन् २०२५ को ५ महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या झन्डै तीन गुणा बढी रहेको छ । सन् २०२३ मा २४, सन् २०२२ मा २२ र सन् २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ । सन् २०२१ को जनवरी १७ देखि सन् २०२४ को डिसेम्बर ३० सम्म एक सय ३३ नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए ।