२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतबाट न्याय पाउने विश्वास छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई समेत मुछेर दायर गरिएको मुद्दामा न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दामा असन्तुष्टि प्रकट गर्नुभयो ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलिलाई जग्गा उपलब्ध गराइएको जिकिर गर्नुभयो । यस विषयमा कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको र अदालतबाट आउने फैसलालाई आफूले सम्मान गर्ने बताउनुभयो ।

देशभर साङ्गठनिक सुदृढीकरण गर्न जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस