२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी पदाधिकारीलाई शेखर कोईरालाको प्रश्नः महाधिवेशन किन समयमै नहुने ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गर्नुभएको छ ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गर्नुभएको हो । उहाँले नेपाली काँग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताउनु भयो । यस पटक के ले महाधिवेशन रोक्यो ? भन्दै प्रश्न गर्नुभयो । महाधिवेशन रोक्नुपर्ने कारण के हो ? भनेर कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुपर्ने बताउनुभयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘अहिले त ठिकै छ, अधिवेशन हुन्छ, कहिले हुन्छ थाहा छैन । नेपाली काँग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ । केले रोक्यो यस पटक ? किन रोकिँदैछ ? यसको जवाफ पदाधिकारीले दिने की नदिने भन्ने हाम्रो प्रश्न छ । यो ठूलो प्रश्न छ । केही त्यस्तो घटना त देशमा भएको छैन, नेपाली काँग्रेसमा केही भएको छैन, किन ४ वर्षभित्र अधिवशेन हुन सकेन ? सक्दैन ? मंसिरमा हुनुपर्ने हो नि । ४ वर्षमा हुन सकेन भने ता पनि भनेर एउटा वाक्यमा भनिदिएको छ एक वर्ष थप्न सक्ने ।

तपाईंहरुले पदाधिकारीलाई प्रश्न गर्नुुस्, के कारणले थप्ने भनेर किन प्रश्न गर्न सक्नुहुन्न ? सक्नुपर्छ नि त । समयमा अधिवेशन हुनुपर्छ । त्यो समय भनेको ४ वर्ष हो । सधैँ नेपाली काँग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली काँग्रेसको भविष्य कमजोर हुन्छ । अहिले हामी लार्जेस्ट पार्टी छौँ, तर हामी कहाँ छौँ ? तीन वर्षदेखि कहाँ छौँ ? सोच्नुभयो, सोध्नुभयो, किन यस्तो भइरहेको भनेर ? लार्जेस्ट पार्टी भइसकेपछि ढाइ वर्षदेखि हामी कहाँ छौँ ? कसैले कसैलाई प्रश्न गर्दैनौँ । नेताहरुलाई जबसम्म कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुहुन्न कार्यकर्ताहरु दास हुन्छन् । तपाईंहरु कसैको दास होइन । यो कुरा गम्भीरतापूर्वक बुझ्नुस् । ’

सांसद कोईरालाले नेपाली काँग्रेस कमजोर नरहेको बताउनु भयो ।