काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः सुरु भएलगत्तै स्थगित भएको छ । बैठक दुई दिनका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बैठक सुरु भएको थियो । बैठक सुरु भएलगत्तै आगामी शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको छ ।