२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नेपाली परिवारका चार जनाको गोली लागेर मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकाको भर्जिनियामा बस्दै आएको नेपाली परिवारका चार जनाको गोली लागेर मृत्यु भएको छ ।

मनासस पार्कमा बिहीबार राति प्रहरीले चार जनाको शव फेला पारेको हो । मृतकहरुमा ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ छन् । मृतक दुई जना बालबालिका छन् । एक जना दुई वर्षीय बालक र अर्को ८ वर्षीया बालिका भएको बताइए पनि उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

घटना के कारणले भएको हो भन्न पत्ता लाग्न सकेको छैन । प्रारम्भिक अनु्सन्धानले यो हत्या वा आत्महत्या भएको देखिएको प्रहरीलाई उदृत गर्दै अमेरिकाबाट प्रकाशित हुने नेपाल मदर डट कम अनलाइनले जनाएको छ ।

शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीले भनेको छ– ‘हालसम्मको अनुसन्धानका आधारमा यो घटना सम्भावित हत्या–आत्महत्या भएको देखिन्छ ।’ प्रहरीले भनेको छ,– ‘अनुसन्धान अझै जारी छ र थप विवरण सार्वजनिक गरिएको छैन ।’ प्रहरीका अनुसार चारै जनाको मृत्यु गोली लागेर भएको देखिन्छ । घटनास्थलमा एक थान बन्दुक समेत फेला परेको छ ।

सबै शवहरूलाई म्यानाससको मेडिकल एक्जामिनर कार्यालयमा पठाइएको छ । म्यानासस पार्क प्रहरी विभागले यो घटनालाई हत्या–आत्महत्या भएको आशंकामा अनुसन्धान जारी राखेको छ ।