२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नेपाली परिवारका चार जनाको गोली लागेर मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकाको भर्जिनियामा बस्दै आएको नेपाली परिवारका चार जनाको गोली लागेर मृत्यु भएको छ ।

मनासस पार्कमा बिहीबार राति प्रहरीले चार जनाको शव फेला पारेको हो । मृतकहरुमा ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ छन् । मृतक दुई जना बालबालिका छन् । एक जना दुई वर्षीय बालक र अर्को ८ वर्षीया बालिका भएको बताइए पनि उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

घटना के कारणले भएको हो भन्न पत्ता लाग्न सकेको छैन । प्रारम्भिक अनु्सन्धानले यो हत्या वा आत्महत्या भएको देखिएको प्रहरीलाई उदृत गर्दै अमेरिकाबाट प्रकाशित हुने नेपाल मदर डट कम अनलाइनले जनाएको छ ।

शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीले भनेको छ– ‘हालसम्मको अनुसन्धानका आधारमा यो घटना सम्भावित हत्या–आत्महत्या भएको देखिन्छ ।’ प्रहरीले भनेको छ,– ‘अनुसन्धान अझै जारी छ र थप विवरण सार्वजनिक गरिएको छैन ।’ प्रहरीका अनुसार चारै जनाको मृत्यु गोली लागेर भएको देखिन्छ । घटनास्थलमा एक थान बन्दुक समेत फेला परेको छ ।

सबै शवहरूलाई म्यानाससको मेडिकल एक्जामिनर कार्यालयमा पठाइएको छ । म्यानासस पार्क प्रहरी विभागले यो घटनालाई हत्या–आत्महत्या भएको आशंकामा अनुसन्धान जारी राखेको छ ।