११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा



अ+ अ-

सुनसरी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताउनुभएको छ ।

धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताउनुभयो । उहाँले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस अग्रमोर्चामा उभिएको धारणा राख्नुभयो ।

राजनीति उक्सावट लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्न सक्ने भएकाले पार्टी शान्ति स्थिरता र संस्थागत सुधारका लागि जिम्मेवार भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्य, बहस सहमतिदेखि नीति नै कांग्रेसको राजनीति आधार हो । राजनीतिमा भावना हुन्छ तर भावनालाई हामीले बेचेर राष्ट्र बन्दैन । परिवर्तनको प्रक्रिया शान्त र स्थायी र सवलीकरणको मार्गबाट अघि बढ्नुपर्छ ।”

कांग्रेसले विवेकपूर्ण बहस र नीति निर्माणका कामलाई बलियो बनाउँदै अघि बढ्ने बताउँदै महामन्त्री थापाले राजनीतिमा लोकमत र भावनाभन्दा विचार नीति र पहुँचमुखी संवादलाई महत्त्व दिनु आजको आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रवादको बहानामा कुनै पनि बहुकालीन व्यवस्थामा फर्किन नहुने धारणा राख्दै उहाँले नेपालको आर्थिक सामाजिक परिवर्तनमा प्रजातन्त्रले अतुलनीय योगदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुई दलको सरकार र राजनीतिलाई नै शक्तिशाली बनाउनु हाम्रो पहिलो आवश्यकता हो ।”  रासस