२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

समयमा आयोजना सम्पन्न गर्न उद्योगमन्त्री भण्डारीको निर्देशन

समयमा आयोजना सम्पन्न गर्न उद्योगमन्त्री भण्डारीको निर्देशन
अ अ+ अ-

बैतडी। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई तोकिएको समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज बैतडीको पाटनमा जिल्लाका विभिन्न कार्यालय प्रमुखसँगको छलफलमा उहाँले राज्यबाट विनियोजित आयोजना कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै यथाशीघ्र कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो ।

आर्थिक वर्षको अन्त्यमा मात्र काम गर्ने प्रवृत्ति दोहोर्याउने काम भइरहेको भन्दै मन्त्री भण्डारीले आयोजना कार्यान्वयन र सम्पन्न निर्धारित समयभित्र गर्नुपर्नेमा जोड दिनुभयो । चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका कार्यालयहरूको समष्टिगत खर्च ५० प्रतिशतमात्र रहेको जनाउँदै उहाँले कार्यान्वयन पक्ष फितलो भएको बताउनुभयो ।

“आर्थिक वर्षको पहिलो महिना साउनमा बजेट सम्बन्धित निकाय र कार्यालयमा आइपुग्छ, कार्यान्वयन गर्न आठ–नौ किन लाग्छ?, आर्थिक वर्षको सुरुआतमा बजेट कार्यान्वयन गर्न के कुराले छेक्छ ?”, मन्त्री भण्डारीले कार्यालय प्रमुखसँग प्रश्न गर्नुभयो । जिल्लाका कार्यालयहरूले जनता केन्द्रित सेवा प्रवाह गर्दै सुशासन कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विकासे कार्यालयहरूमा दायित्व सार्ने प्रवृत्तिले अपेक्षाअनुसार काम हुन नसकेको मन्त्री भण्डारीले औँल्याउनुभयो । कतिपय विकासे कार्यालयमा विगतको दायित्व परिपूर्ति गर्ने कामले समस्या निम्ताएको उहाँले बताउनुभयो । पुरानो भुक्तानी दिने विषयमा गुणस्तर र मापदण्ड अपनाएर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

यहाँका विकासे कार्यालयमा पुरानो भुक्तानी दिनुपर्नेको सूची तयार पार्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो । मनसुनजन्य विपद्का घटना नियन्त्रणका लागि प्रभावकारी पूर्वतयारीमा जुट्न उहाँले सरोकार भएका सबैलाई आग्रह गर्नुभयो ।

विगतका वर्षहरूभन्दा यस वर्ष बढी वर्षा हुने प्रक्षेपण गरिएकाले विपद्का घटना पनि बढ्न सक्ने हुँदा सम्भावित जोखिम नियन्त्रणका लागि तयारीमा लाग्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद् जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी भइरहेको मन्त्री भण्डारीलाई जानकारी गराउनुभएको थियो । रासस