६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डको राजालाई त जनककै सन्तान भन्ने पनि गरिन्छः सभापति देउवा



अ+ अ-

जनकपुर ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकारी राखेको भए उत्तम हुने बताउनुभएको छ ।

जनकपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको बताउनु भयो । उहाँले जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको बताउनु भयो । राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ । अत्यन्तै ऐतिहासिक, धार्मिक र महत्वपूर्ण ठाउँ हो जनकपुर । जानकीलाई मैथिली पनि भन्ने चलन थियो पहिला पहिला । त्यसकारणले यो अत्यन्तै सुन्दर ठाउँ हो । अत्यन्तै विकसित भाषा मैथिली बोलिने ठाउँ र साथै पौराणिक ठाउँ भएकाले यसको धेरै महत्व छ । मधेस प्रदेशको नाम त जनक प्रदेश राखेको भए भइहाल्थ्यो नि । मधेस प्रदेशको नाम त जानकी प्रदेश राखेको भए भइहाल्थ्यो नि भनेर मैले भनेकै हो । जनक सानो राजा होइनन् । राजा जनकको कुरा सिंगापुर, मलेसिया सबै ठाउँमा जनकको पहिचान छ । कम्बोडियामा जनकको राजधानी रहेको पनि मानिन्छ । थाइल्याण्डको राजा त जनककै सन्तान भन्ने पनि गरिन्छ ।’

सभापति देउवाले थाइल्याण्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताउनु भयो ।