२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव गुरुङको आरोपः ‘बजेट यथास्थितिवादी, मुलुक दलाल पुँजीवादको कब्जामा’



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो । राजश्व संकलन न्युन हुँदाहुँदै पनि सरकारले बजेटको आकार अत्यन्त ठूलो बनाएको उहाँको भनाइ छ । राजश्व संकलन न्यून र चुहावट धेरै भएको उल्लेख गर्दै उहाँले राजश्वले चालु खर्च धान्न समेत नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेट अग्रगामी बजेटको रुपमा आएको छैन । बजेट यथास्थितिवादी बजेटको अवस्थामा रहेको छ । मुुलुकको स्रोत साधनको हिसाबले राजश्व जति संकलन हुनुपर्ने हो त्यति हुन सकेको छैन । र बजेटको आकार अत्यन्तै ठूलो आकारमा आएको छ । राजश्व संकलन अत्यन्तै न्यून छ । राजश्व चुहावटको समस्या छ । अनियमितताको समस्या छ । जसले गर्दा जति राजश्व उठ्नुपर्ने हो त्यति राजश्व उठिरहेको छैन । राजश्वले सामान्य चालु खर्च समेत धान्न सक्ने अवस्था छैन । त्यसकारण अन्य खर्चहरु पनि ऋणबाट धान्नुपर्ने देखिन्छ ।’

महासचिव गुरुङले नेपालको सत्ता अझै पनि एकाधिकार दलाल पुँजीवादको नियन्त्रणमा रहेको आरोप लगाउनु भयो । राजतन्त्रको अन्त्यपछि दलाल पुँजीवाद मुल प्रवृत्तिको रूपमा भित्रिएको उहाँको आरोप छ । उहाँले विश्व साम्राज्यवाद नेपालजस्ता देशहरूमा स्थायित्व नभई द्वन्द्व चाहने गरेको समेत बताउनु भयो । उहाँले विश्व साम्राज्यवादलाई नेपाललाई युद्धको क्रिडास्थल बनाउने चाहना रहेको समेत दाबी गर्नुभयो । उहाँले लामो समयसम्म पनि संक्रमणकालीन न्याय (टिआरसी) टुंग्याउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले दलाल पुँजीवादीहरुको प्रभुत्वको कारण टिआरसीको समस्या अहिलेसम्म पनि हल हुन नसकेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा संक्रमणकालीन न्याय (टिआरसी)हरुको सम्बन्धमा समस्याहरुको हल हुन्छ कि हुदैन ? भन्ने प्रश्न छ । १७, १८ वर्ष बितिसक्दा पनि यो समस्या हल हुन सकेको छैन । राजतन्त्र विस्थापित भइसकेपछि नेपालको सन्दर्भमा एकाधिकार दलाल पूँजीवाद नै मुल प्रभुत्वको रुपमा रहेको छ । एकाधिकार दलाल पुँजीवाद भनेको कमिशनतन्त्र र भ्रष्टाचारीतन्त्रमा चल्ने एजेन्सीहरुको संस्था हो । बहुराष्ट्रिय कम्पनीहरुसँग जोडिएको र ग्लोबल पावरसँग जोडिएको संस्था नै एजेन्सीहरुको संस्था हो । त्यही ग्लोबल पावरसँग जोडिएको संस्था भएको हुनाले माक्सवादीहरुले अहिलेको युगलाई साम्राज्यवादको युग भनेर पनि भनेका छन् । यसको सम्पर्क सम्बन्ध भनेको साम्राज्यवादसँग जोडिन्छ । यतिखेर विश्व साम्राज्यवाद के चाहन्छ त भन्दाखेरी नेपाल लगायतका देशहरुमा शान्ती चाहादैन । स्थिरता चाहँदैन र स्थायित्व पनि चाहादैन । त्यहाँ द्वन्द्व र युद्ध चाहन्छ । युद्धको क्रिडास्थल बनाउन चाहन्छ ।’

उहाँले वर्तमान सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप समेत लगाउनु भयो ।




भर्खरै