३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु: नगर प्रमुख



अ+ अ-

एजेन्सी । रूसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शुक्रबार बताएका छन् । आक्रमणमा २० जना घाइते भएको जनाइएको छ ।

रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।

“पटक पटक रूसी युएभी र ब्यालेस्टिक मिसाइलको सिकार भएका किएभका उद्धारकर्ताहरूले सहरबाट प्रतिक्रिया दिइरहेको छन्,” युक्रेनको आपतकालीन सेवाले टेलिग्राममार्फत दिएको जानकारीमा उल्लेख छ ।

किएभका नगर प्रमख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको पुष्टि गर्दै घाइते मध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको बताउनुभएको छ ।

आक्रमणका कारण आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् भने ठाउँठाउँमा आगलागी भएको छ ।

युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेल सेवा ढिलाइ हुने चेतावनी दिँदै आक्रमणले किएभ क्षेत्रमा रेल मार्गहरू क्षतिग्रस्त भएको उल्लेख गरेको छ ।

पश्चिमी युक्रेनको लुत्स्क सहर र टेर्नोपिल क्षेत्रमा पनि थुप्रै आक्रमणहरू भएका छन् ।

“आज, शत्रुले हाम्रो क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठुलो हवाई आक्रमण गरेको छ । त्यहाँ धेरै आक्रमणहरू भएका छन्,” टेर्नोपिलका क्षेत्रीय सैन्य प्रशासन प्रमुख व्याचेस्लाव नेगोडाले भन्नुभयो ।

आगलागी नियन्त्रण तथा क्षति र अन्य परिणामहरूको मूल्याङ्कन गर्न थालेको र लुत्स्कमा भएको आक्रमणमा पाँच जना घाइते भएको उहाँले बताउनुभएको छ ।

धेरै निजी घरहरू र शैक्षिक संस्थाहरू क्षतिग्रस्त भएको सहरका नगरप्रमुख इगोर पोलिस्चुकले टेलिग्राममार्फत जानकारी गराउनुभएको छ ।

पश्चिमी सहर खमेल्नेत्स्कीमा भवन र सवारी साधन पनि क्षतिग्रस्त भएको पनि उक्त क्षेत्रका गभर्नरले बताउनुभयो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा किएभले हालै गरेको ड्रोन आक्रमणको बदला लिने वाचा गर्नुभएको छ ।

यसैबीच, पश्चिमी तुला क्षेत्रमा रुसमा भएको युक्रेनी हमलामा तिन जना घाइते भएका छन् ।

रुसी हवाई रक्षा बलले मस्कोलाई लक्षित गरेको ड्रोनलाई गोली हानेर खसालेको किएभका नगरप्रमुखले बताउनुभएको छ ।