९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाद्वारा पशुपालन कार्यक्रमका लागि एक करोड ४६ लाख विनियोजन



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाले पशुतर्फका कार्यक्रम सञ्चालनका लागि एक करोड ४६ लाख विनियोजन गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को बजेटमा अनुउत्पादक र बाँझो पन भएका पशुको उपचारको लागि विज्ञको सहयोगमा घरगोठमा उपचार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । 

शुद्ध नश्ल बोयर बोका र बङ्गुरका पाठापाठी तथा नेपियर घाँस किसानलाई निःशुल्क वितरण गर्न राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरिने उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । पशु सेवा केन्द्रमार्फत पशुको निःशुल्क औषधि वितरण कार्यलाई निरन्तर दिन बजेटको व्यवस्था गरिएको उनले बताए। छाडा चौपाया नियन्त्रण गर्न निश्चित रकम तिरेपछि महानगरपालिकाले व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

भूमि बैंकको स्थापनालगायत कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले सङ्घीय अनुदानबाट रु एक करोड ३३ लाख र आन्तरिक स्रोतबाट रु एक करोड ४६ लाख गरी तीन करोड ८९ लाख विनियोजन गरेको छ । बाँझो बारीमा प्रोटिनयुक्त घाँस भन्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइने बताउँदै उपप्रमुख गुरुङले मेयर प्रविधिमैत्री कृषि कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिन बजेट व्यवस्था गरिएको बताए । 




भर्खरै