२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेन र फ्रान्सको खेलमा गोल वर्षा



अ+ अ-

काठमाडौँ । स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा फ्रान्सलाई ५–४ गोलले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो ।

जर्मनीको एमएचपी एरेनामा भएको नौ गोलको थ्रिल खेलमा पहिलो हाफमा स्पेनले २–० गोलको अग्रता बनाएको थियो ।

फ्रान्सले सबै चारै गोल दोस्रो हाफमा गरेको थियो । २२ औं मिनेटमा निको विलियम्स र २५ औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए ।

५४ औं मिनेटमा लामिने यामलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए । ५५ औं मिनेटमा पेड्रीले गोल गर्दै स्पेनको अग्रता ४–० को बनाए ।

यता, ५९ औं मिनेटमा किलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १–४ को स्थितीमा ल्याए । ६७ औं मिनेटमा यामलले व्यक्तिगत दोस्रो तथा टोलिका लागि पाँचौं गोल गरे । ७९ औं मिनेटमा रायन चेर्कीले गोल गर्दै फ्रान्सलाई २–५ को स्थितीमा ल्याए । ८४ औं मिनेटमा स्पेनका डानी भिभियानले आत्मघाती गोल गरेपछि फ्रान्स ३–५ को स्थितीमा आयो ।

खेलको इन्जुरी समयमा कोलो मोउनीले गोल गरेपनि फ्रान्सका लागि ढिला भइसकेको थियो । उनको गोलले अग्रता छोट्टिएर ४–५ मा ल्याएपनि फ्रान्स प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

फाइनलमा अब स्पेन र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगलले जर्मनीलाई हराउँदै फाइनलको टिकट काटिसकेको छ । फाइनल खेल जर्मनीको एलियान्ज एरिनामा आइतबार राति हुनेछ ।