५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक चालु अधिवशेनमै संसदमा लैजान्छौँः सभापति खतिवडा



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमँ लैजाने तयारी रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार विधेयकमाथि काम गरिरहेको बताउनु भयो । विधेयकमाथि अब बेलायती सेनामा रहनुभएका ब्रिटिश गोरखासँग र एनआरएनसँग एक पटक छलफल गरेर अघि बढाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब बेलायती सेनामा रहनुभएका ब्रिटिश गोरखासँग र एनआरएनसँग पनि छलफल गर्छौं । यो सरोकारवाला विषय भएकाले छलफल गर्नेछौँ । एक पटक बेलायती सेनामा रहनुभएका साथीहरु र एनआरएनका केही पूर्वअध्यक्षहरुसँग छलफल गर्छौं । त्यसपछि समितिमा नै दफावार छलफल गरेर मन्त्रीज्यु र हामी सबैको चाहनाअनुसार यही अधिवेशनमै यो विधेयक लैजाऔँ भनेर हामी सबै एक भएका छौँ । कोही सत्ता पक्ष र प्रतिपक्ष भएका छैनौँ ।’

समितिको बैठकमा आज नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल भएको हो ।




भर्खरै