११ असार २०८२, बुधबार
,
Latest
प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यकः सांसद गिरी प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन्ः अध्यक्ष दाहाल विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छः प्रमुख सचेतक पाण्डे घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै कुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्: प्रचण्ड ३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाडागाउँमा ‘एक घर, एक धारा’



अ+ अ-

म्याग्दी । मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।

मालिकाको रु २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था ९नेवा०को रु ५६ लाख एक हजार ३६६ अनुदान तथा उपभोक्ताको रु २९ लाख १३ हजार १२४ को लागतमा योजना निर्माण भएको हो । वडाध्यक्ष मोतिप्रसाद बुढाले सर्वसाधारणका घरमा दुई सय २५, विद्यालयमा चार र सामुदायिक स्वास्थ्य एकाइमा एक निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङ टोलका दुई हजार १९ जनसङ्ख्या लाभान्वित भएका छन् । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको उपभोक्ताले बताएका छन् । खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ६० दिनका दरले श्रमदान गरेका थिए ।

पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङसमेत निर्माण भएको छ । बोक्रेमा रहेका तीनवटा मुहानबाट ११ वटा रिजर्भ ट्याङ्कीमा पानी सङ्कलन गरेर वितरण गर्ने संरचना बनाएको नेवा संस्थाका प्राविधिक सुुरेन्द्र चन्दले बताउनुभयो । यस आयोजनाको मुख्य र शाखा पाइपलाइनको दूरी २१ हजार ४६८ मिटर लामो छ । रासस