६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा ७ हजार नेपालीलाई दिँदै आएको टीपीएस खारेज, दुई महिनाभित्र नेपाल फर्कनुपर्ने



अ+ अ-

काठमाडौं । नेपाली नागरिकलाई अमेरिकाले दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज भएको छ । अमेरिकी सरकारले झन्डै ७ हजार नेपालीले पाएको टीपीएस सुविधा खारेज गरेको हो । अब ती नेपाली दुई महिनाभित्रै स्वदेश फर्कनुपर्ने छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्य सरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय गरेको हो ।

यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेवसाइटमा निकालिएको सूचनामा भनिएको छ–‘डिपार्टमेन्ट अफ होमल्याण्डका सचिव क्रिस्टी नोएमले नेपालमा अब टीपीएसको कानुनी निष्कर्ष पूरा नहुने निष्कर्ष निकालेकी छन् ।’ नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११:५९ बजे अन्त्य हुने छ । अर्थात्, टीपीएस मान्यतामा अमेरिकामा बसेका नेपालीले त्यसअघि नै स्वदेश फर्किनुपर्नेछ ।

‘यदी तपाईं टीपीएस स्टाटसमा अमेरिका बसिरहनु भएको छ र यहाँ बस्ने अन्य वैधानिक आधार नभए नेपाल फर्किन तयार हुनुस्’, सूचनामा भनिएको छ, ‘अमेरिका छाड्ने मनसाय भएमा तपाईं सीबीपी मोबाइल एप पनि प्रयोग गर्न सक्नुपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा समेत नेपाललाई टीपीएस खारेज गर्ने प्रक्रिया अघि बढेको थियो । त्यसबेला १२ महिनाभित्र नेपाल फर्किन समय सीमा तोकिएको थियो ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । त्यसबेला झण्डै १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएको बताइन्थ्यो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अवैध रुपमा बसोबास गरिरहेकाहरुप्रति कडा नीति लिइरहेका बेला नेपाली नागरिकहरु पनि यसमा परेका छन् । र, टीपीएसका आधारमा बस्दै आएका थप नेपाली समेत फर्काइने भएका छन् ।