२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔँ: उद्योगमन्त्री भण्डारी



अ+ अ-

बैतडी। उद्योग, वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज बैतडीको देहिमाडौँमा आयोजित इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै उहाँले उद्यमीलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गर्नुभयो ।

सरकारले उद्योगमैत्री नीतिहरू लागू गरिरहेको बताउँदै युवा तथा महिला उद्यमीका लागि सहुलियतका कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । सीमावर्ती भारतीय बजारबाट सामान प्रशस्त आयात भइरहेकामा सोहीअनुरूप निर्यातजन्य उत्पादनमा जोड दिन उद्यमीलाई आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले विकास निर्माणका आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल–भारत सिमानाका झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको र आगामी दिनमा हुने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला थप प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

उहाँले जिल्लाको आर्थिक, भौतिक तथा पर्यटकीय विकासका लागि आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । आफूले जिल्लावासीसँग गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेको मन्त्री भण्डारीको भनाइ छ ।

उहाँले बैतडीसहित सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताउनुभयो । “प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो”, उहाँले भन्नुभयो, “स्रोतसाधनको उपयोग र जनसाङ्ख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो, प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसर विद्यमान छन् ।”

यहाँ प्रशस्त वन स्रोत, वन उत्पादन, जडीबुटी तथा औषधिजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् । यसको उपयोग गर्दै आर्थिक विकासमा जोड दिनु जरुरी छ । सरकारले उद्योगमैत्री बजेट ल्याएको मन्त्री भण्डारीको दाबी छ ।

इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला यही जेठ २६ सम्म सञ्चालन हुनेछ । रासस