६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक



अ+ अ-

काठमाडौँ। वन तथा वातावरण राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण नियन्त्रण गर्न सरकारको एक्लै प्रयासले मात्र सफलता प्राप्त नहुने उल्लेख गर्दै सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा मन्त्रायलको वातावरण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा राज्यमन्त्री विकले प्लास्टिक प्रदूषणको निराकरण गर्न वन मन्त्रालय मात्र नभई सबै मन्त्रालय र सम्बन्धित निकायको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्लास्टिक प्रदूषण विश्वमै समस्याका रुपमा रहेको र यसको पुनःप्रयोग बढाउनुपर्नेमा जोड दिँदै राज्यमन्त्री विकले प्लास्टिक प्रदूषण रोक्न प्रत्येक व्यक्तिले प्लाष्टिकको विकल्पमा लाग्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री गणेश साहले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि व्यक्तिको व्यवहारमा नै परिवर्तन आवश्यक रहेकामा जोड दिनुभयो । साथै उहाँले प्रदूषण नियन्त्रणका लागि आवश्यक नीति बनाई प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले प्लास्टिक मानिसको जीवनसँग जोडिएको र विगतसम्म सहयोगी नै भएको उल्लेख गर्दै अब प्रदूषणका रुपमा परिणत भएकाले यसले मानव सभ्यतालाई जोखिममा पार्न सक्ने बताउनुभयो । उहाँले प्रदुषण नियन्त्रण गर्न सबै तहका सरकारका साथै सरोकारवाला निकाय तथा प्रत्येक व्यक्तिले पहल गर्नुपर्ने उल्लेख गर्नुभयो । रासस