११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार परियोजनाको एक खर्ब १७ अर्ब लगानी स्वीकृत



अ+ अ-

काठमाडौँ। लगानी बोर्डको ६४औँ बैठकले विभिन्न चार परियोजनाका लागि एक रू खर्ब १७ अर्ब ४० करोड लगानी स्वीकृत गरेको छ ।

आज बसेको बोर्ड बैठकले बझाङको माथिल्लो सेती जलविद्युत् परियोजना (२१६ मेगावाट), बकान खोला जलविद्युत् परियोजना (४४ मेगावाट) तथा छिलुङ खोला जलविद्युत् परियोजना (४३.२ मेगावाट) क्षमताका परियोजनाको रु ५९ अर्ब ७६ करोड लगानी स्वीकृत गरेको हो ।

त्यस्तै मुक्तिनाथ केबलकार परियोजना (८१.०४१  किमी) को रु ५७ अर्ब ६४ करोड बराबर लगानी स्वीकृत भएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

त्यस्तै आजको बैठकले बझाङको माथिल्लो सेती जलविद्युत् परियोजना तथा मुक्तिनाथ केबलकार परियोजनाको परियोजना विकास सम्झौता (पिडिए) को शर्तलगायत विषयमा प्रस्तावक कम्पनीसँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा अलग अलग वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, बैठकले लगानी बोर्डको कार्यालयमा आह्वान नगरिएको परियोजना प्रस्तावका रुपमा प्राप्त आइसिटी पार्क परियोजनालाई स्वीस च्यालेञ्जको अवधारणाअनुरुप प्रतिस्पर्धा गराई अगाडि बढाउने निर्णय गरेको छ ।

साथै बैठकले पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना (८०० मेगावाट) को भारतीय जलविद्युत् कम्पनी एनएचपिसी लिमिटेडबाट प्राप्त अन्तिम विस्तृत परियोजना प्रतिवेदन जानकारी लिँदै परियोजना सम्बन्धमा विभिन्न वित्तीय ढाँचाबारे थप अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

यसैगरी आजको बैठकबाट नेपालमा रेलमार्गसम्बन्धी क्षेत्रमा सहकार्य गर्न कोरियन रेल बोर्ड कर्पोरेसनसँग समझदारी गर्न समझदारीपत्रको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णयसमेत गरिएको छ । रासस