११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’



पूर्वमन्त्री डा रिजाल काठमाडौँ, २२ जेठ : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा मिनेन्द्र रिजाल गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी बिहीबार अवलोकनपश्चात् प्रतिक्रिया दिनुहुँदै । तस्बिर : नवीन पौडेल/रासस
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनको असर हिमशृङ्खलामा परेको औँल्याउनुभयो । उहाँले हिमालको समृद्ध देशको रुपमा रहेको नेपाल जलवायु परिवर्तनको असरले हिउँ पग्लिने र हिमतालले फुट्ने खतरा रहेको बताउनुभयो ।

“जलवायु परिवर्तनका कारण हिमशृङ्खला जोखिममा छन् । हिमताल फुट्ने जोखिम बढेर गएको छ । यी विषयलाई बढी उजागर गर्नुपर्ने आवश्यकता छ, हिउँ पग्लिएर कालो चट्टानको रुपमा मात्र देखिन्छ । यसलाई गम्भीर भएर सोच्नुपर्छ, नेता रिजालले भन्नुभयो ।

राससको तस्बिर प्रदर्शनीले नेपालका पहमशृङ्खलालाई राम्रोसँग नियाल्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा सुन्दर हिमशृङ्खलाहरु छन् । सबैजना एकपटक पुग्नुपर्छ । हिमाल हाम्रो छानो नै हो । तस्बिरले हिमालको सुन्दरतालाई देखाउने प्रयास गरेको छ ।”

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेता रिजाललाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदर्शनीमा राखिएका तस्बिरले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न तस्बिरले सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् । रासस