२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठक सुरू, प्रतिपक्षको विरोध कायमै



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ । दिउँसो साढे तीन बजेसम्मका लागि स्थगित गरिएको बैठक भर्खर सुरु भएको हो ।

बैठक सुरु भएपनि प्रतिपक्षले विरोध कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले कामकार्वाहितर्फ प्रवेश गर्दै गर्दा उनीहरुले उठेर विरोध जनाएका हुन् ।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन् । सभामुखले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि उठिरहेका छन् ।