६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजाराम बस्नेतले सम्हाले नेपाली सेनाको जनसम्पर्क नेतृत्व



अ+ अ-

काठमाडौं। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीको पूर्वी पृतना हेडक्वार्टरमा निमित्त प्रमुखका रूपमा सरुवा भएको छ। उपरथी बढुवाको तयारीमा रहेका सहायक रथी केसीलाई जंगीअड्डाले नयाँ जिम्मेवारी दिएको हो।

उनको स्थानमा सहायक रथी राजाराम बस्नेतले सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयको प्रमुखको जिम्मेवारी सम्हालेका छन्। बस्नेत हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका महानिर्देशक पनि हुन्।

बिहीबार जिम्मेवारी हस्तान्तरणपछि भएको परिचयात्मक कार्यक्रममा नवनियुक्त सैनिक प्रवक्ता बस्नेतले आफूले सैनिक नागरिक सम्बन्धलाई बलियो बनाउन भूमिका खेल्ने बताए । केसीले सञ्चारकर्मीहरूलाई सहयोगका लागि धन्यवाद दिए।