२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटबाट माधव नेपालले भने– मैले आजसम्म भ्रष्टाचार गरेको छैन



अ+ अ-

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको दावि गरेका छन् ।

बुधबार रौतहट पुगेका अध्यक्ष नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा आफुलाई कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने बताएका हुन् ।

आफू सधैं सुशासनको पक्षमा अडिग रहेको बताउदै उनले भने, ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले म अब काठमाडौं जाँदैछु,’।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।