२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली-प्रचण्डबीचको छलफल सकियो, दुईमध्ये एक पद छाड्न प्रचण्डको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा पार्टी भित्रको कलहका बारेमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भएको आजको छलफल सकिएको छ । छलफलका विषयवस्तु बाँकी रहेका कारण भोलि पुनः छलफल हुने भएको छ । 

करिब साढे दुई घण्टा भएको छलफलमा अध्यक्ष प्रचण्डले कुनै एकबाट राजीनामा गरी मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको र अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुबै निर्वाचित पद भएका कारण राजीनामाको विकल्प कति उचित भन्दै अन्य विकल्पमा छलफल गर्न आग्रह गर्नुभएको छलफलमा सहभागी एक नेताले जानकारी दिनुभयो । 

पार्टी फुट्ने वा चोइटिने खेल नहुने भन्दै नेताहरुले दुई शीर्ष नेताले चाहँदा पार्टी एक भएको तर फुट्नका लागि उहाँहरुले चहाँदैमा नहुने भन्दै खबरदारीका बारेमा पनि जानकारी गराएका थिए ।  

शनिबार पुनः छलफल गर्ने र स्थायी समितिको बैठकलाई निरन्तरता दिने बारेमा भने दुई नेताबीच सहमति भएको छ । विभिन्न तहमा छलफल भएपनि ओली र प्रचण्ड पक्षका नेताहरुले एकले अर्कालाई गलाउने तयारी गरेपनि एकता सहितको गलाउने रणनीतिमा रहेका छन् ।