३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली-प्रचण्डबीचको छलफल सकियो, दुईमध्ये एक पद छाड्न प्रचण्डको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा पार्टी भित्रको कलहका बारेमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भएको आजको छलफल सकिएको छ । छलफलका विषयवस्तु बाँकी रहेका कारण भोलि पुनः छलफल हुने भएको छ । 

करिब साढे दुई घण्टा भएको छलफलमा अध्यक्ष प्रचण्डले कुनै एकबाट राजीनामा गरी मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको र अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुबै निर्वाचित पद भएका कारण राजीनामाको विकल्प कति उचित भन्दै अन्य विकल्पमा छलफल गर्न आग्रह गर्नुभएको छलफलमा सहभागी एक नेताले जानकारी दिनुभयो । 

पार्टी फुट्ने वा चोइटिने खेल नहुने भन्दै नेताहरुले दुई शीर्ष नेताले चाहँदा पार्टी एक भएको तर फुट्नका लागि उहाँहरुले चहाँदैमा नहुने भन्दै खबरदारीका बारेमा पनि जानकारी गराएका थिए ।  

शनिबार पुनः छलफल गर्ने र स्थायी समितिको बैठकलाई निरन्तरता दिने बारेमा भने दुई नेताबीच सहमति भएको छ । विभिन्न तहमा छलफल भएपनि ओली र प्रचण्ड पक्षका नेताहरुले एकले अर्कालाई गलाउने तयारी गरेपनि एकता सहितको गलाउने रणनीतिमा रहेका छन् ।