२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिनुभएको हो ।

गए राति भएको शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । त्यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो ।