काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको २० वर्ष पुराना हत्याको घटनामा अनुसन्धान गर्न आदेश दिएपछि माओवादी केन्द्रभित्र हलचल मच्चिएको छ ।
द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएपछि नेकपा माओवादी केन्द्र अहिले आन्तरिक छलफलमा जुटेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा केन्द्रीय कार्यालयको बैठक अहिले जारी छ ।
बैठकमा सर्वोच्चको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
सर्वोच्चको संवैधानिक इजलासले हिजो द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।










