२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

राष्ट्रिय ललितकला प्रदर्शनी २०८२- नेपाली कलाको विविधता एकै छानामुनि (फोटो फिचर)

राष्ट्रिय ललितकला प्रदर्शनी २०८२- नेपाली कलाको विविधता एकै छानामुनि (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जेठ १५ गतेबाट सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा राखिएको विभिन्न सातै प्रदेशबाट उत्कृष्ट कलाको प्रतिनिधित्व हुने गरी कला प्रदर्शनी आयोजना भइरहेको छ ।

प्रतिष्ठानको नक्सालस्थित भवनमा सुरु भएको यो प्रदर्शनीले सातै प्रदेशका विविध सांस्कृतिक र कलात्मक आयामहरुलाई एकै छानामुनि प्रदर्शनी भै रहेको छ । जेठ ३० गतेसम्म चल्ने प्रदर्शनी नि:शुल्क अवलोकनका लागि खुला गरिएको छ, जसले कला प्रेमी, विद्यार्थी र शोधकर्ताहरूलाई विशेष अवसर प्रदान गर्नेछ।

बिभिन्न सामाजिक यथार्थ, सांस्कृतिक चिनारी, प्रकृति, इतिहास र समकालीन विषयवस्तुहरूमा आधारित यी कृतिहरूले नेपालभित्रको कलात्मक चेतना र विविधताको सजीव प्रतिबिम्ब प्रस्तुत गरेका छन्।

प्रदर्शनीमा भाग लिएका कलाकारहरूमध्ये कतिपयले आफ्ना सिर्जनात्मक यात्राका अनुभवहरू साझा गर्दै दर्शकहरूसँग सजीव अन्तर्क्रिया पनि गरिरहेका छन्। यसले कला र कलापारखी बीचको दूरी घटाउने प्रयासको रुपमा पनि हेरिएको छ।

प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला-मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।
प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।

तस्बिर: प्रदीपराज वन्त,रासस