६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय विभेदविरूद्ध मुस्ताङमा बाजागाजासहित -याली



अ+ अ-

मुस्ताङ। ‘नेपालभरका दलितहरू एक हौँ’ भन्ने नाराका साथ यहाँ आज बाजागाजासहित -याली निकालिएको छ । १९औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जोमसोममा -याली तथा अन्तरक्रिया गरेको हो ।

र्यालीपछि आयोजित अन्तरक्रियामा प्रशासन, प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय, नागरिक समाज र पत्रकारलगायत सहभागी थिए । नेपाल दलित मुक्ति सङ्गठनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज भीमबहादुर रसाइलीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो

इञ्चार्ज रसाइलीले राष्ट्रिय रूपमा राज्यले जातीय छुवाछुत तथा उन्मूलन दिवस घोषणा गरेपनि यसका अवशेषहरू विद्यमान रहेको बताउनुभयो ।

यस्तै दलित मुक्ति समाज नेपाल मुस्ताङका संस्थापक अध्यक्ष तिलक विकले दलितहरूको समुत्थान र न्यायका लागि दलित एकता हुनुपर्ने जिकिर गर्नुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जातीयताका आधारमा कुनै पनि वर्ग र समुदाय माथि हुने हिंसा, भेदभाव र असमानता कानुनी रूपमा क्षम्य नहुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले दलित वर्ग माथि हुने हिंसा, विभेद र असमानताविरूद्ध आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखाका सचिव आदित्य रसाइली जातीय छुवाछुत तथा उन्मूलनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । रासस