२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद झगडा गर्नमा सिमित रह्योः काँग्रेस सांसद भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संसद गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित नभएको बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले यस्तो बताउनुभएको हो । संसद मुलुक र जनताको मुद्दाभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा सिमित रहेको उहाँको भनाइ छ ।

उहाँले संसदका जनताका मुद्दाबाट विमुख भएकै कारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि आरोप लगाउँदैमा राजीनामा दिन नहुने बताउनु भयो । कुनैपनि व्यक्तिमाथि आरोप लगाइसकेपछि त्यसलाई प्रमाणित गर्नुपर्ने दायित्व समेत सम्बन्धित मिडिया र व्यक्तिमा निहित हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले कस्ता कुरा संसदमा उठाउने, कस्ता कुरालाई संसदमा महत्व दिने  भन्ने कुरा नै हामीसँग भएन । हाम्रो संसद त मुलुकको र जनताको विषयभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा रह्यो । त्यसकारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भयो भन्ने कुरा मलाई लाग्छ । कुनैपनि केस प्रमाणित हुनुपर्छ । कुनै मिडिया र व्यक्तिले आरोप लगायो वा प्रश्न उठायो भने त्यो प्रश्नलाई प्रमाणित गर्नुपर्छ । जस्टिफाई नगरीकन हामीले कुरा उठाउनु हुँदैन जुन अहिलेसम्म देखिएको छ ।’

संसदको गरिमा जोगाउन सबै दल जिम्मेवार बन्नुपर्नेमा डा. भण्डारीको जोड छ ।