२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हायस र ट्रक ठोकिँदा दुई जनाको मृत्यु



अ+ अ-

चन्द्रपुर । पूर्व-पश्चिमको महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।

आज बिहान सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बाप्र ०३– ००१ ज ०४५२ नम्बरको हाइस र विपरित दिशातर्फ जाँदै गरेको मप्र ०३–००१ ख ८६०० नम्बरको ट्रक ठोकिँदा रामनगर गाउँपालिका–१ खैरवा बस्ने ३६ वर्षीया भगियादेवी र सोही गाउँका ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते हुनेमा सर्लाहीको रामनगर–१ खैरवाका मृतक भगियादेवीकी १८ वर्षीया छोरी रिनाकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर रहेका प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । ट्रक चालक ग्यालसेन ठोक्कर र हायस चालक आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।