२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ वर्षका वैभवले जिते कार, लाइसेन्स नभएपछि के गर्लान् ?



अ+ अ-

एजेन्सी । आईपीएल २०२५ सकिएको छ । रोयल च्यालेन्जर्स बैंगलोरले १७ वर्षपछि ट्रफी जितेको छ ।

फाइनल खेलपछि धेरै खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । यसक्रममा १४ वर्षीय वैभव सूर्यवंशीले आईपीएल २०२५ मा उत्कृष्ट ब्याटिङ गरे ।

उनले सुपर स्ट्राइकर अफ द सिजनको अवार्ड पाए । यसका साथै उनले टाटा कर्भ कार पनि पाएका छन् ।

तर, सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनले लाईसेन्स नभएपछि कार के गर्लान् भन्दै प्रश्न गरेका छन् । लाइसेन्स निकाल्नका लागि सामान्यतया १८ वर्ष पुगेको वा सो भन्दा माथि उमेरको हुनुपर्छ ।

सिजनभरि सबैभन्दा धेरै स्ट्राइक रेटमा रन बनाउने तथा कम्तीमा १०० बल खेल्ने खेलाडीलाई सुपर स्ट्राइक अफ द सिजन अवार्ड दिइन्छ ।

राजस्थान रोयल्सबाट खेल्दा वैभवले यो सिजनभरि उत्कृष्ट ब्याटिङ गरे । १४ वर्षीय वैभवले सुरुवाती खेलहरूमा खेल्ने मौका पाएनन् । तर जब उनले मौका पाए, उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।

वैभवले यस सिजनमा केवल ३५ बलमा शतक प्रहार गरे । उनी सबैभन्दा कम बलमा शतक प्रहार गर्ने भारतीय ब्याट्सम्यान बने । आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

वैभवले यस सिजनमा सात खेल खेले । यस अवधिमा वैभवको ब्याटले तीव्र गतिमा रन बनाइरहेको थियो । १४ वर्षीय खेलाडीको स्ट्राइक रेट निकोलस पूरन र आन्द्रे रसेल जस्ता दिग्गज खेलाडीहरूभन्दा उच्च थियो ।

वैभवले सिजनभरि २०६.५६ को स्ट्राइक रेटमा रन बनाइरहेका थिए । वैभवले ७ खेलमा ३६ को औसतमा २५२ रन बनाए । यस अवधिमा उनले १ अर्धशतक र १ शतक बनाए ।