२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

आईपीएल विजेता बैंगलोरले कति पुरस्कार पायो, को–को भए मालामाल ?

आईपीएल विजेता बैंगलोरले कति पुरस्कार पायो, को–को भए मालामाल ?
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ ले नयाँ विजेता पाएको छ ।

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले हराउँदै १८ औं सिजनको उपाधि जितेको हो । आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जित्दा पञ्जाबको ट्रफी जित्ने पर्खाइ भने बढेको छ ।

उपाधि जितेपछि, आरसीबीले चम्किलो ट्रफीसँगै २० करोड भारु विजेता पुरस्कार पायो । जबकि उपविजेता पीबीकेएसले १२.५ करोड रुपैयाँमा चित्त बुझाउनु पर्यो ।

तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले ७ करोड रुपैयाँ र चौथो स्थानमा रहेको टोली गुजरात टाइटन्सले ६.५० करोड रुपैयाँ पायो ।

सिजनमा सबैभन्दा धेरै (७५९ रन) बनाएका गुजरातका साई सुदर्शनलाई ओरेन्ज क्याप दिइएको थियो भने २५ विकेट लिएका गुजरातकै प्रसिद्ध कृष्णलाई पर्पल क्याप दिइयो । राजस्थान रोयल्सका १४ वर्षीय वैभव सूर्यवंशी सिजनको सुपर स्ट्राइकर बने । उनीहरुले १०–१० लाख पुरस्कार पाए ।

प्लेयर अफ द टुर्नामेन्ट भने मुम्बई इन्डियन्सका सुर्यकुमार यादव घोषित भए । उनले १५ लाख प्राप्त गरे ।

साई सुदर्शन अल्टिमेट फेन्टासी प्लेयर अफ द सिजन, सुदर्शनले नै सबैभन्दा धेरै चौका प्रहार गरे । उनले ८८ चौका प्रहार गरे । यसबाट पनि उनले १०–१० लाख प्राप्त गरे । सबैभन्दा बढी छक्का निकोलस पूरनले प्रहार गरे । उनले ४० छक्का प्रहार गरे ।

ग्रिन डट बल (११५) मोहम्मद सिराज, क्याच अफ द सिजन कमिन्दु मेन्डिस भए । उनीहरुले १०–१० लाख प्राप्त गरे । यस्तै, सुपर स्ट्राइकर अफ द सिजन वैभव सूर्यवंशी भए । उनले टाटा कर्भ गाडी प्राप्त गरे ।