५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रिटिश गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्ः सभापति खतिवडा



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणाबनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ब्रिटिश गोरखा र एनआरएनएहरुलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरुलाई नेपालको नागरिकता दिनेकुरा सस्तो बनाउन नहुने बताउनु भयो ।

सभापति खतिवडाले भन्नुभयो, ‘हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहुन्, अन्य विदेशीहरुलाई खुला पनि नगरौँ । हामी सबैको चाहना पनि त्यही हो । त्यही धाराणासाथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छाँै । हामी चाहे ब्रिटिश गोरखाका नेपाली नागरिक वा एनआरएनए नेपाली हाँै । उहाँहरुको समस्या समाधान गर्न पनि सरकार अघि बढोस् । त्यसलाई कसरी समाधान गर्न सकिन्छ, सरकारको एउटा धारणा आओस् ।’

बुधवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ । बिहीवारबाट दफावार छलफ हुने सभापति खतिवडाले जानकारी दिनुभयो ।